स्वागत छ माटो तथा मल परीक्षण प्रयोगशालामा
नेपाल एक कृषि प्रधान देश हो र यहाँका ६५.५% भन्दा बढी जनताहरु कृषि पेशामा नै निर्भर छन् | राष्ट्रको कूल ग्राहस्थ उत्पादनको करिब ३२.८२% श्रोत पनि कृषि रहेको छ | नेपाल सरकारले प्रमुख क्षेत्रको रुपमा कृषि क्षेत्रमा लगानी गरे तापनि अपेक्षित परिणामहरु प्राप्त गर्न सकिएको छैन | नेपालमा कृषिको इतिहास धेरै पुरानो भएतापनि कृषि कर्ममा प्रमुख भूमिका राख्ने माटो, जुन बालीविरुवाहरुलाई अति आवश्यक पर्ने खाद्य तत्वहरुको श्रोत हो | यस क्षेत्रको विकासको इतिहास नेपालको लागि धेरै पुरानो छैन | लगातार जमिनमा खेतीपाती गर्नुका साथै विरुवालाई आवश्यक खाद्य तत्वहरुको आपूर्ति विभिन्न किसिमको रासायनिक मलहरुबाट गर्ने गरेको तर माटो व्यवस्थापनतिर कुनै सोचाइ नरहेको कारणबाट माटोको उर्वराशक्ति विस्तारै कम हुँदै गएकोले माटो व्यवस्थापनतर्फ समयमै उचित ध्यान
अरु पढ्नुहोस
