- हाम्रो बारेमा
- हाम्रो परिचय

माटो तथा मल परीक्षण प्रयोगशाला ,मकवानपुर
नेपाल एक कृषि प्रधान देश हो र यहाँका ६५.५% भन्दा बढी जनताहरु कृषि पेशामा नै
निर्भर छन् | राष्ट्रको कूल ग्राहस्थ उत्पादनको करिब ३२.८२% श्रोत पनि कृषि रहेको
छ | नेपाल सरकारले प्रमुख क्षेत्रको रुपमा कृषि क्षेत्रमा लगानी गरे तापनि
अपेक्षित परिणामहरु प्राप्त गर्न सकिएको छैन | नेपालमा कृषिको इतिहास धेरै पुरानो
भएतापनि कृषि कर्ममा प्रमुख भूमिका राख्ने माटो, जुन बालीविरुवाहरुलाई अति आवश्यक पर्ने खाद्य तत्वहरुको श्रोत हो | यस
क्षेत्रको विकासको इतिहास नेपालको लागि धेरै पुरानो छैन | लगातार जमिनमा खेतीपाती
गर्नुका साथै विरुवालाई आवश्यक खाद्य तत्वहरुको आपूर्ति विभिन्न किसिमको रासायनिक
मलहरुबाट गर्ने गरेको तर माटो व्यवस्थापनतिर कुनै सोचाइ नरहेको कारणबाट माटोको
उर्वराशक्ति विस्तारै कम हुँदै गएकोले माटो व्यवस्थापनतर्फ समयमै उचित ध्यान
पुर्याउनु पर्ने महशुस गरी माटोको इकाई हुनुपर्ने कुराको शुरुवात २०४९ साल देखि भए
तापनि २०५१ सालमा आएर देशको ५ वटै विकास क्षेत्रहरुमा क्षेत्रिय माटो परिक्षण
प्रयोगशालाहरुको स्थापना भएको थियो | जसमध्ये क्षेत्रीय माटो परिक्षण प्रयोगशाला
हेटौडा, मकवानपुर (हाल माटो तथा मल परिक्षा प्रयोगशाला प्रदेश नं. ३, हेटौडा, मकवानपुर) पनि एक हो | स्थापना कालमा २ जना अधिकृत
तथा ४ जना सहायक स्तर र १ जना निम्न स्तरको गरि जम्मा ७ जना कर्मचारीको दरबन्दी
साथ सुरु भएको यो प्रयोगशाला हाल कृषि विभागको २०६१ को नयाँ संरचनामा १२ जना
कर्मचारी रहने र २०७० को कर्मचारी संरचना अनुसार १३ जना कर्मचारी रहने व्यवस्था
रहेको छ | यो प्रयोगशाला प्रदेश नं. ३ मा अवस्थित कृषि विकास निर्देशनालयको
प्राविधिक तथा प्रशासनिक नियन्त्रणमा रहेको छ |
यो प्रयोगशाला प्रदेश नं. ३ अन्तर्गत मकवानपुर जिल्लाको हेटौडा औधोगिक क्षेत्र
परिसर भित्र रहेको छ | जुन २७०१० ‘ देखि २७०४०’ उत्तरी अक्षांश र ८४०४१ ‘ देखि
८५०३१’ पूर्वी देशान्तर र समुद्री सताहबाट १६६ मि उचाईमा महेन्द्र राजमार्गको पुर्वपट्टि अवस्थित छ | यहाँको अधिकतम
वर्षा २५३५ मि.मि. रहेको छ | समस्टिगत रुपमा जलवायु समउस्ण खालको हुन्छ |
यस प्रयोगशाला हाल माटो तथा मलखाद्य परिक्षण कार्यको लागि प्रयोग गरेको केहि
मेशिनहरु स्थापनाकाल देखिकै रहेको छन् भने केहि उपकरणहरु २०५७ सालमा थप खरिद भै
स्रोतसाधनले सम्पन्न रहेको छ | यस प्रयोगशालाको कार्यक्षेत्र अन्तर्गत हाल प्रदेश
नम्बर ३ का १३ जिल्लाहरु पर्दछन् | प्रयोगशालाको कार्यक्रम अन्तर्गत पर्ने
सम्पूर्ण जिल्लाहरुको सदरमुकामहरुलाई पक्की तथा कच्चि बाटोले छोएको छ भने जिल्लाका
विभिन्न गाउँपालिका तथा पकेट क्षेत्रहरुमा भने पक्की, कच्ची, घोडेटो र गोरेटो बाटो
रहेको छ |
यो प्रयोगशाला तत्कालिन नेपाल सरकारको निर्णय अनुसार २०६२ सालमा नुवाकोटबाट
मकवानपुरमा स्थानान्तर भई क्षेत्रिय बीउबिजन प्रयोगशाला र राष्ट्रिय बीउबिजन
कम्पनी मकवानपुरको कोठाहरुमा स्थापना गरि कामकाज गर्दै आइरहेकोमा २०६४/६५ मा
प्रयोगशालाको नयाँ भवन निर्माण भई आ.व. २०६६/६७ बाट आफ्नो भवनबाट कार्यक्रमहरु संचालन
गर्दै आइरहेको छ र आ.व. २०६८/६९ मा तल्ला थप र २०७०/७१ मा माटो सुकाउने भवन
निर्माण गरि केहि थप आवासको व्यवस्था समेत गरिनुका साथै आ.व. २०७२/ ७३ मा
प्रयोगशालामा थप स्ल्याब निर्माण र टाइल्स लगाई प्रयोगशालालाई सरसफाईमा सहयोग पुर्याई कार्यक्रमहरु संचालन गर्न
सहयोग पुग्नुका साथै आ.व. २०७३/७४ मा माटो सुकाउने भवन माथि तल्ला थप कार्यालय
कोठाको कमी केहि हद सम्म समाधान हुनुका साथै सुक्ष्मतत्व विश्लेषण उपकरण जडान गरि
कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडी बढाएका छौ |
उद्देश्य
यस प्रयोगशालाको अगुवाईमा आफ्नो अगुवाईमा आफ्नो कार्य क्षेत्र पर्ने कृषि ज्ञान केन्द्र तथा कृषि कार्य संग्लग्न विभिन्न संघ संस्थाहरुसगँ समन्वय गरी दिगो रुपमा माटोमा भएको उर्वराशक्तिलाईमा कायम राख्ने कार्यहरु सञ्चालन गर्ने ।
माटो विश्लेषण, सर्वेक्षण र अध्ययनको आधारमा विभिन्न समस्याहरुको पहिचान गर्ने र समाधानका उपायहरु पत्ता लगाई सिफारिस गरी कृषि प्रसार कार्यलाई सहयोग पुर्याउने।
समानुपतिक रुपमा मलखादको प्रयोग गर्न कृषकहरुलाई प्रेरित गर्ने।
माटो परिक्षण शिविरहरु सञ्चालन गरी कृषकहरुको घर दैलो पुगी कृषि चुन तथा मलखाद सिफारिस गर्ने तथा माटोको महत्व र अवस्थाका बारेमा जानकारी गराउने।
बाली विरुवाहरुलाई थोरै तर नभई नहुने अत्यावश्यक शुक्ष्म तत्वहरुको स्थिति अध्ययनको लागी अनुगमन गर्ने र के कस्ता सुधार गर्न आवश्यक छ पहिचान गरी सुधारात्मक उपायको खोजी गरी कृषक समक्ष पुर्याउने ।
माटोमा आउने विभिन्न किसिमका विकृति अमिलोपन, नुनिलोपन सुधारका लागि कृषि चुन तथा जिप्सम आदि सिफारिस गर्ने ।
माटोको उर्वराशक्ति वृद्धिका लागी हरियो मल, प्रागारिक मल, गोबरमल, रात्री मलका अतिरिक्त रसायनिक मलले खेलेको भुमिकाबारे कृषकहरुलाई अवगत गराउने ।
अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रुपमा प्रागांरिक र रसायनिक मलको विभिन्न परिक्षण प्रदर्शन अन्नबाली, तरकारी र फलफुल खेती आदि बालीमा सञ्चालन गरी प्राप्त तथ्याकंको आधारमा मलखादको सिफारिस गर्ने।
माटोको विभिन्न अध्ययन र विश्लेषण र अध्ययनको आधारमा जानकारी संकलन गरि समस्यामुलक विषय तथा तत् सम्वन्धी अध्ययन तथा प्रविधि प्रसारण जस्ता कार्यक्रम सञ्चालन गर्ने।
दिगो रुपमा माटोको उचित व्यवस्थापन गरी वातावरणीय सन्तुलनलाई कायम राखी कृषि उत्पादन उपादकत्वमा वृद्धि ल्याउने।
माटोको नमुनाहरु संकलन, विश्लेषण र नतिजाका आधारमा मलखाद सिफारिस गर्ने।
बजारमा पाईने विभिन्न नाम र ब्राण्डका मलका नमुना संकलन, विश्लेषण र मलमा भएको तत्वको बारेमा कृषकलाई जानकारी दिलाउने एवं सिफारिस गर्ने।
माटो सम्वन्धी प्रादेशिक स्तरमा देखा परेका समस्यालाई समाधानको खोजीको लागी योजना तर्जुमा गर्ने।
कार्यक्रमको कार्यान्वयनमा सम्बन्द्ध पक्षहरुलाई सहयोग पुर्याउने,अनुगमन गर्ने,मुल्याकंन गर्ने आदि कार्यहरु समेत यस माटो तथा मल परिक्षण प्रयोगशालाको उदेश्य रहेको छ ।